आज बिहानै शिक्षामन्त्री खनालको पुत्ला दहन

१३ माघ, रौतहट । शिक्षामन्त्री शिशिर खनालको आज नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पुत्ला दहन गरेको छ ।
शिक्षामन्त्रीले जनक शिक्षा सामग्रीलाई बचाउनुको सट्टा मास्ने गतिविधि गरेको आरोप लगाउँदै आज बिहान अनेरास्ववियूले पुत्ला दहन गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार रत्न राज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान अनेरास्ववियूका विद्यार्थी नेताहरूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेका छन् ।
शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेपनि सरकारमा गएर उनले गरेको पहिलो निर्णय नै जनताको हितमा नरहेको समेत अनेरास्ववियूले आरोप लगाएका हुन् ।