मोटरसाइकलको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु
१३ माघ, कैलाली । मोटरसाइकलको ठक्करबाट कैलालीमा एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नमबर ३ स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट सोही स्थानका ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ सुपप्र ०१-००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा चन्दको गम्भीर घाइते भएकी थिइन् । घाइते शारदा चन्दलाई उपचारको लागि अत्तरियाको पद्यमा अस्पतालमा ल्याएपिन उपचार सम्भव नभएकोले कोहलपुर मेडिकल कलेजमा पठाइएको थियो ।
कोहलपुर मेडिकल कलेजमा उपचारको लागि ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर गम्भीर घाइते भएको मोटरसाइकल चालक गोदावरी नगरपालिका ३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






