भारतीय प्रधानमन्त्री मोदीलाई अध्यक्ष ओलीको शुभकामना

   १२ माघ २०७९, बिहीबार १३:१३  

१२ माघ, रौतहट । गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

भारतीय गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई नेकपा एमालेका अध्यक्ष ओलीले सामाजिक सञ्जालबाट शुभकामना दिदैँ दुई देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास रहेको बताएका छन् ।

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई ट्विट मेन्सन गर्दै लेखेका छन्, ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४ औं वर्ष (आजादीका अमृत महोत्सव), अर्थात् भारतीय गणतन्त्र दिवसको अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’