कुलोमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु
द नेपाल मिडिया
१२ माघ २०७९, बिहीबार १२:०७
१२ माघ, सर्लाही । कुलोमा डुबेर सर्लाहीको हरिपुर्वामा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको हरिपुर्वा नगरपालिका वडा नम्बर ९ का १८ वर्षीय ललन राययादवको बुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट ५ सय मिटर दक्षिणमा रहेको बोरिङबाट निकालिएको पानीको कुलोमा डुबेर यादवको मृत्यु भएको हो ।
मृतक यादवको शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






