आज श्रीपञ्चमी पर्व मनाइँदै

   १२ माघ २०७९, बिहीबार ११:०२  

१२ माघ, रौतहट । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज वसन्त पञ्चमी पर्व मनाइँदैछ ।

आज माघ शुक्ल पञ्चमीको दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि श्रीपञ्चमी पर्व मनाइँदैछ ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । त्यसैले सरस्वतीको मन्दिर, विद्यालयहरूमा बिहानैदेखि पूजा गर्ने सुरु भएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा बिहिबार परेको छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ।

सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ।