कोटेश्वरबाट ३४ किलो चरेससहित एक जना पक्राउ
द नेपाल मिडिया
११ माघ २०७९, बुधबार १०:२६
११ माघ, रौतहट । कोटेश्वरबाट ३४ किलो चरेससहित एक जना पक्राउ परेका छन् ।
धादिङको गजुरी ८ किरानचोक घर भएको ३२ वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुकाई रहेको अवस्थामा तामाङको साथबाट ३४ किलो लागूऔषध चरेस बरामद गरेको हो ।
प्रतिबन्धित चरेससहित पक्राउ परेका उनीलाई ईलाका प्रहरी कार्यालय गजुरीमा राखी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






