आफैंलाई आगो लगाएका आचार्यको उपचारका क्रममा मृत्यु

   ११ माघ २०७९, बुधबार ०९:४५  

११ माघ, रौतहट । संघीय संसद् भवनअगाडि आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिका घर भएको ३७ वर्षीय आचार्यले मंगलबार दिउँसो आफैँलाई आगो लगाएका थिए । आगोे जलेर गम्भीर घाइते भएको आचार्यलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो ।

अस्पतालमा उपचारकै क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । संसद भवन अगाडि आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।