पश्चिम नेपालमा आज दिउँसो भूकम्पको धक्का

   १० माघ २०७९, मंगलवार १५:०९  

१० माघ, रौतहट । पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा आज दिउँसो भूकम्पको धक्का कहशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २:४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ।

यस्तै, भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।