प्रतिबन्धित लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ
१० माघ, कञ्चनपुर । लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ परेका छन् ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ३ का २८ वर्षीय रामअवतार राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुनर्वास नगपालिका १ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट खटिएको टोलीले रानालाई पक्राउ गरेको हो ।
बेलौरी–धनगढी हुलाकी सडकखण्डमा सवारी चेक जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकलमा सवार उनलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्दा निजको साथबाट खैरो हेरोइन बरामद भएको छ ।
४.५८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






