सगरमाथा राष्ट्रिय निकुञ्जबाट दुईजना पक्राउ

   ९ माघ २०७९, सोमबार १४:०१  

९ माघ, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जबाट बाँसबाट बनाइएको पासोसहित दुई जनालाई फक्राउ गरिएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जबाट थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम बस्ने ३९ वर्षीय गोरे तामाङ र सन्तोष तामाङलाई नियन्त्रणमा लिएको छ ।

निकुन्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वन बुंगा खोला पावर हाउस नजिकबाट बाँसबाट बनाइएको पासो र गुलेलीसहित दुवै जनालाई हिरसातमा लिएको छ ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।