बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
द नेपाल मिडिया
९ माघ २०७९, सोमबार १०:२९
९ माघ, रौतहट । सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भएको भेतवार्तामा समसामयिकको विषयमा छलफल भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सभामुखको पदमा नियुक्त भएपछि प्रधानमन्त्री र सभामुख घिमिरेको पहिलो भेटवार्ता रहेको छ ।
नेकपा एमालेका सांसद घिमिरे यही माघ ५ गते (बिहीबार) सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा नियुक्त भएका थिए ।






