तीर्थालु सवार भएको बस दुर्घटना हुँदा ४५ जना घाइते

   ७ माघ २०७९, शनिबार १४:३७  

७ माघ, बुटवल । नवलपरासीमा बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ झरहीखोला नजिकै तीर्थालु सवार भएको बस दुर्घटना हुँदा ४५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रमपुरवास्थित भित्री सडकखण्डमा युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस सडकबाट करिब १० मिटर तल खस्दाँ ४५ जना घाइते भएका हुन् ।

त्रिवेणीधाम मेलामा तीर्थ गरी भारत फर्किदै गरेको बस सवार भएका ६० जनामध्ये ४५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको तथा ४४ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर बस चालक समेत घाइते भएका छन् ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।