सभामुख घिमिरेले बोलाएको सर्वदलीय बैठक सुरु

   ७ माघ २०७९, शनिबार १२:२३  

७ माघ, रौतहट । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज संसद् भवनमा बैठक बोलाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार शनिबार बोलाइएको बैठकमा अबको प्रतिनिधि सभा बैठक सञ्चालनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, प्रतिनिधिसभाको सभामुखमा नियुक्त भएपछि घिमिरे पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन् ।