कठ्यांग्रिदो चिसोले गर्दा अफगानिस्तानमा २५ जनाको मृत्यु

   ७ माघ २०७९, शनिबार १०:४७  

७ माघ, एजेनसी । कठ्यांग्रिदो चिसोले गर्दा अफगानिस्तानमा २५ जनाको मृत्यु भएको छ ।

निरन्तर बढेको चिसो तथा कठ्यांग्रिदो हावाले हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुलप्रान्तमा करिब २५ जनाको मृत्यु भएको छ ।

जाज्जानप्रान्तको खमाब, खानका र आक्चा जिल्लामा विगत दुई दिनदेखि भारी हिमपातहुँदा कठ्यांग्रिएर चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।
यस्तै, चिसोसँगै हिमपातले गर्दा सारी पुलप्रान्तमा ७ जनाको मृत्यु भएको छ । एजेन्सी