हिजो बोलेका शब्दको हेक्का छ, फरारहरू पक्राउ पर्छन : गृहमन्त्री लामिछाने

   ७ माघ २०७९, शनिबार १०:२५  

माघ ७,काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेकाहरू पक्राउ पर्ने बताएका छन् ।

“पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,” गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हिजो बोलेका शब्द–शब्दको हेक्का छ । भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।”

जनताको लाइफलाइन बदल्न आफूले मिहिनेत गरिरहेको पनि उनले बताएका छन् । मिडियाको हेडलाइन म बदल्न सक्दिनँ । तर, जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु । धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ,” उनी फेसबुकमा लेख्छन् ।