सप्तरीको तिरहुतस्थित घरमा आगलागी हुँदा लाखौँको क्षति
६ माघ, सप्तरी । सप्तरीको तिरहुतस्थित एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
जिल्लाको तिरहुत गाउँपालिका वडा नम्बर ४ डिमन टोल बस्ने हरेराम यादवको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो यादवको घरबाट सल्केको आगोले छिमेकी तेजनारायण यादव र ओमनारायण यादवको घरमा समेत जलेर नष्ट भएको छ ।
गलागीलाई दिउँसो ३ः४५ बजेतिर कञ्चनरुप हनुमाननगर राजविराज नगरपालिकाबाट आएको तीन वटा दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगलागीमा परेर स्थानीय हरेरामको दुईवटा बाख्रा दुई वटा भैंसी जलेर मरेको प्रहरीले जनाएको छ ।
यस्तै, स्थानीय तेजनारायण यादवको सुनचाँदी पसल र फर्निचरमा पनि आगो सल्केर सामान जलेको नष्ट भएको हो ।
हाल आगलागीको कारण खुल्लन सकेको छैन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब ४ लाख भन्दा बढीको क्षति भएको छ ।






