माधोपुरमा प्राधिकरणको आय संकलन काउण्टर संचालन
६ माघ, रौतहट । रौतहटको माधवरानायण नगरपालिकामा विद्युत प्राधिकरणको फ्यूज तथा आय संकलन काउण्टर संचालनमा आएको छ ।
माधवनारायण नगरपालिका ६ माधोपुरमा नेपाल विद्युत प्राधिकरणको आय संकलन शाखाको उदघाटन सम्पन्न भएको हो । गौर वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतो र माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ प्रसाद यादवले एक कार्यक्रममा बिच फ्यूज सेवा तथा आय संकलन काउण्टरको उदघाटन गरेका छन ।

काउण्टर संचालनमा आए पछि ग्रामिण क्षेत्रहरुबाट विद्युत महशुल बुझाउनको लागी टाढा जानुपर्ने बाध्यता हटेको नगरप्रमुख बैजनाथ प्रसाद यादवले बताए । स्थानिय स्तरमै सेवा सुविधा पाउने भए पछि स्थानियले समेत खुशी व्यक्त गरेका छन ।
जिल्लाका विभिन्न क्षेत्रहरुमा सेवा कार्यालयहरु संचालन हुदा विद्युत महशुल तिर्न स्थानियलाई सहज हुने तथा प्राधिकरणलाई समेत आर्थिक सबलता प्रदान हुने गौर वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोले बताए । खपत गरेको विद्युतको महशुल समयमै तिर्दा पाइने छुटको उपयोग गर्न र जरीवानाबाट जोगिन समेत इन्जिनियर महतोले स्थानियलाई आग्रह गरे ।






