नेपाल र चीनबीचको रसुवागढी नाका बन्द
द नेपाल मिडिया
६ माघ २०७९, शुक्रबार १६:५३
६ माघ, रौतहट । माघ २० गतेसम्मका लागि रसुवागढी–केरुङ नाका बन्द भएको छ ।
नेपाल र चीनबीचको रसुवागढी नाका माघ २० गते शुक्रबारसम्मको लागि बन्द गरिएको छ ।
चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिएको स्रोतले जनाएको छ ।






