ट्रयाक्टर पल्टिदाँ सहचालकको मृत्यु, चालक उपचाररत

   ६ माघ २०७९, शुक्रबार १६:४०  

६ माघ, कैलाली । कैलालीमा भएको ट्रयाक्टर दुर्घटनामा परेर सहचालकको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा परेर कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा च्यापिएर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गोदावरीबाट ढुङ्गा ल्याउन जादैँ गरेको अवस्थामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएको ट्रयाक्टर चालक पुनर्वास नगरपालिका १० का घर भएको ४१ वर्षीय सत्तु रानालाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएको छ ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।