सुनचाँदीको मूल्यमा समान्य वृद्धि
द नेपाल मिडिया
१७ मंसिर २०७७, बुधबार ११:४७
१७ मंसिर, रौतहट । नेपाली बजारमा बुधबार थप सुनको मूल्यमा ५ सय रुपैयाँको दरले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलामा भाउ ५ सय वृद्धि भई प्रतितोलामा ९१ हजारमा कारोबार भइरहेको हो ।
तेजावी सुनको मूल्य पनि बढेर तोलामा ९० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी बुधबार चाँदीको भाउ प्रतितोलामा १ हजार १ सय ८५ रुपैया तोक्किएको महासंघले जनाए ।