ओखलढुंगा जिल्ला अब कोरोनामुक्त

   २२ असार २०७७, सोमबार ०७:२५  

असार २२, रौतहट । ओखलढुंगाका एक युवाले कोरोना जितेका छन् । भारतबाट विरगञ्जहुँदै लिखु गाउँपालिकास्थित घर आएका उनलाई असार ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी जिल्लाका पहिलो संक्रमित हुन् ।

कामको सिलसिलामा भारत रहेका २८ वर्षीय युवा असार ३० गते घर आएका थिए । कोरोनामुक्त भएपछि कोरोना अस्पताल विराटनगरमा उपचाररत रहेका उनी सामेबार डिस्चार्ज भएका छन् । १४ दिन उपचारपछि उनी निको भएर घर फर्किन लागेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
संक्रमण मुक्त भएका युवालाई घर ल्याउने व्यवस्था गर्न गाउँपालिकालाई जानकारी गराइएको तिवारीको भनाइ छ । ती युवा बाहेक अरुलाई जिल्लामा कोरोना संक्रमण देखिएको छैन । उनी डिस्चार्ज भएसँगै ओखलढुंगा संक्रमण मुक्त भएको छ ।