युक्रेनका गृहमन्त्रीसहित १६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

   ४ माघ २०७९, बुधबार १५:१०  

४ माघ, एजेन्सी । युक्रेनको राजधानी किएभमा भएको हेलिकप्टर दुर्घटनामा परेर गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ ।

हेलिकप्टर दुर्घटनामा परेर युक्रेनको गृहमन्त्रीसहित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको मृत्यु भएको त्यहाँका प्रहरी प्रमुखले बताएको भनी रोयटसै समाचार संस्थाले जनाएको छ ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा दुई बालबालिका पनि रहेका हुन् ।

यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जना बालबालिकाहरुको उपचार भइरहेको अधिकारीहरूले जनाएका हुन् । एजेन्सी