विमान दुर्घटनामा मृत्यु भएका भारतीय यूवकको सम्झनामा दीप प्रज्वलन
३ माघ, रौतहट । माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका भारतीय यूवकको श्रद्धान्जलीका लागी रौतहटसँग सिमा जोडिएको भारत बिहारको बैरगनियामा दीप प्रज्वलन गरिएको छ ।
काठमाण्डौंबाट पोखराका लागी उडेको यति एयरलाइन्सको ९ एन–एएनसी एटिआर जहाज सेती नदीको खोचमा दुर्घटना हुदा भारत बिहार सितामढी जिल्ला बैरगनिया ६ का २८ वर्षिय संजय जयसवालको मृत्यु भएको थियो ।

रोजगारीका सिलसिलामा काठमाण्डौंमा रहेका जयसवाल आफ्नो बहिनि र भान्जालाई भेटन पोखरा जादै थिए । “भर्खरै जन्मीएको भान्जालाई भेटन र माघे संक्रान्तीको कोसेली लिएर छोरा पोखरा जादै थियो ।” मृतक संजयका बुवा रामएकवाल चौधरीले भने “बिहान १० बजे छोरासँग कुरा भएको थियो, सोही अन्तीम बोली भयो ।”
छोराको मृत्यु पछि परिवारजन गहिरो शोकमा डुबेका छन । नातेदार तथा छिमेकीहरुले सानन्तवना दिएर सम्झाइ बुझाइ गर्ने प्रयास गरे पनि मृतकका आमाको अवश्था निकै कारुणीक रहेको छ । परिवारको भरणपोषणको जिम्मेवारी उठाएका जेठो छोरा संजयको मृत्यु पछि अवश्था दयनीय बनेको छ ।

मृतकको आत्माको चीर शान्तीका लागी बैरगनियका यूवा तथा छिमेकीहरुले हिजो मैनबति जुलुस निकालेर कोणसभा गर्दै मृतक प्रति श्रद्धान्जली व्यक्त गरेका छन । साथै मृतकको शवलाई चाडै घर सम्म पु¥याउन सम्बन्धीत निकायहरुलाई अपील गरेका छन ।
विमान दुर्घटनामा संजय सहित ५ भारतीय नागरिकले ज्यान गुमाएका छन ।






