रुखबाट लडेर एक जनाको मृत्यु
द नेपाल मिडिया
३ माघ २०७९, मंगलवार १२:४३
३ माघ, सर्लाही । रुखबाट लडेर सर्लाहीको लालबन्दीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका १४ नारायण खोलाका ५८ वर्षीय रामबहादुर स्याङबाको रुखबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर घाँस काट्ने क्रममा रुखबाट अचानक खसेका थिए ।
मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । यस्तै, घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






