सिरहामा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु
३ माघ, सिरहा । सिरहामा ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एक जनाको मृत्यु भएको छ ।
जिल्लाको धनगढीमाईमा आज बिहान कोइला बोकेको भारतीय ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ६५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनगढी–बडियारपट्टी भित्री सडकअन्तर्गत धनगढीमाई नगरपालिका ५ गोठचोक नजिक दक्षिणबाट उत्तरतर्फ गइरहेको प्रदेश२.०१०६प ५२९७ नम्बरको मोटरसाइकललाई सोही विपरीत दिशाबाट आइरहेको डव्यूवी६५वी ७४३९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सिरहाकै सुखीपुर नगरपालिका ८ बस्ने ६५ वर्षीय राजेन्द्र साहलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याएलग्त्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






