पर्साबाट १० जना जुवाडे पक्राउ
२ माघ, पर्सा । जुवाखालबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पर्सागढी नगरपालिकाबाट १० जनालाई जुवा खेलिरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्सागढी नगरपालिका ३ बढनियार स्थित भागवत साहको घरमा जुवातास खेलिरहेको भन्दैँ गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई हिरासतमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट १ लाख २८ हजार १ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






