पोखरा विमान दुर्घटना : ३५ जनाको शव निकालियो (तस्वीरहरू)
१ माघ, काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेकबहादुर अधिकारीले ३५ जनाको शव फेला पारिएको बताए ।

यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको हो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३५ जनाको शव निकालिएको हो ।
काठमाडौंबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको यती एयरलायन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोंचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिए।






