स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

   २९ पुष २०७९, शुक्रबार ११:२९  

२९ पुस, मकवानपुर । मकवानपुरमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ, मनहरी गाउँपालिका ८ सिमपानीका ३० वर्षीय धर्मराज मोक्तान र सोही स्थानका मिलन मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार गएराति ११ बजेतिर मनहरी गाउँपालिका ९ को ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनै जना गम्भीर घाइते भएका थिए । दुर्घटनामा परेका तीनै जनालाई उपचारका लागि अस्पताल ल्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।