कठ्यांग्रिदो चिसोले रौतहटमा दुई वृद्धको मृत्यु
२७ पुस, रौतहट । कठ्यांग्रिदो चिसोले गर्दा रौतहटको छुट्टाछुछै स्थानमा दुई जना वृद्धको मृत्यु भएको छ ।
जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवा टोलबस्ने ९० वर्षीय धेनुक साह कानुको चिसोले गर्दा ज्यान गएको छ ।
मंगलवार राति घरैमा सुतेकै अवस्थामा उनको कठ्रिएर मृत्यु भएको हो ।
त्यसैगरी, रौतहटको यमुनामाइ गाउँपालिका वडा नम्बर ५ झुनखुनवामा एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ । कठ्यांग्रिदो चिसोले गर्दा लालमहम्द मियाँ कवारीको मृत्यु भएको थियो ।
विगतका केही दिन देखि कठ्यांग्रिदो चिसोले गर्दा अतिविपन्न, दलित, मजदुर, किसानहरु प्रभावित बनेका छन् ।
मजदुरी नगरे छाक टार्न समेत गाह्रो भएका अतिविपन्न, दलित, मजदुर, किसानहरुको चिसोले गर्दा जनजीवन कष्टकर बन्दैँ गएको छ ।






