मोटरसाइकलको ठक्करबाट बारामा एक महिलाको मृत्यु

   २७ पुष २०७९, बुधबार ११:०२  

२७ पुस, बारा । मोटरसाइकलको ठक्करबाट बारामा एक पैदल यात्रीको मृत्यु भएको छ ।

बाटोमा हिँहिरहेकी कोल्हवी नगरपालिका वगेवा टोल बस्ने ५८ वर्षीया ज्ञान्त्री चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बेलुकी ७:१५ बजेतिर बाटोमा हिडिरहेकी उनलाई सिम्रौनगढ सडक खण्डमा कोल्हवीबाट बगेबातर्फ जाँदै गरेको बा।२९प ७०१८ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि तामागढी अस्पताल कोल्हवी ल्याएपनि सो अस्पतालमा उपचार सम्भव नभएकोले थप उपचारका लागि एल।

एस न्युरो अस्पतालमा पठाइएको थियो । एल।एस न्युरो अस्पतालमा ल्याएपनि उपचारकै क्रममा गएराति ९:३० बजेतिर ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परेर मोटरसाइकल चालक पनि घाइते भएका छन् । यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको ।