विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड
२६ पुस, रौतहट । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
दिउँसो १ बजेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।
प्रधानमनत्री ‘प्रचण्ड’ले आज संसदबाट विश्वासको मत लिँदैछन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले हाल कार्यक्रम सम्बोधन गरिरहेका हुन् ।
यस्तै, ७ दलको समर्थनमा गत पुस १० गते (आइतबार) नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका प्रचण्ड प्रधानमन्त्रीको पदमा नियुक्त भएका थिए ।






