भोलि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

   २६ पुष २०७९, मंगलवार १०:२०  

काठमाडौ । सरकारले बुधबार पृथ्वी जयन्तीको अवसरमा दिन लागेको सार्वजनिक विदाको सुचना प्रकासित गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो। गृहमन्त्रालयले बैठकमा विदाको लागि प्रस्ताव लगेको थियो।

बिसं २०६२/६३ को जनआन्दोलन र गणतन्त्र स्थापनापछि सरकारले यो बिदा कटौती गरेको थियो।सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको समर्थन गर्नु अघि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनु पर्ने सर्त नै राखेको थियो।

राप्रपाले पुष २७ गते अर्थात पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवकास रुपमा मनाउनुपर्ने माग राख्दै आएको छ।