चिसोका कारण रौतहटका विद्यालयहरु बन्द
२४ पौष, रौतहट । शितलहर र बढदो चिसोका कारण बालबालिका विद्यालय आउन समस्या उत्पन्न भए पछि रौतहटका विद्यालयहरु बन्द भएका छन ।
रौतहटमा बिहान बाक्लो हुस्सु सँगै शित खस्ने र दिनभरी जसो कुहिरो लाग्न थाले पछि चिसो निकै बढेको छ । कुहीरो संगै चल्ने चिसो हावाले मानिसको चहलपहल मा निकै कमी आएको छ भने रौतहटका स्थानियको जनजीवन प्रभावित हुन थालेको छ ।
गौर, गरुडा, इशनाथ, गढीमाई तथा दुर्गाभगवति लगायतका पालिकाहरुले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायीक तथा संस्थागत विद्यालयहरुले वर्षे विदाबाट कट्टा हुने गरी पौष २६ गते सम्म पठनपाठनको कार्य बन्द गर्न गराउन सूचना जारी गरेको छ । चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थीती न्यून भएको र पठन पाठनमा पनि समस्या आए पछि पालिकाका सबै विद्यालयहरु बन्द गरिएको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले बताए । अत्याधिक चिसोले गर्दा शिशु कक्षा र प्राथमिक तहका विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्न सक्ने भएकोले विद्यालय बन्द गरिएको नगरप्रमुख जयसवालले बताए ।
कुहिरो र शित संगै चल्ने चिसो पश्चीमी हावाका कारण स्थानियको दैनिकि पनि सुस्त हुदै गएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थीति दिउसो तिर मात्रै हुन थालेको छ । सधै जसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरि खुलिरहेका छन । साझ पख पनि चिसो झनै बढने गरे बजारहरु समसाझै सुनसान हुन थालेका छन ।
सार्वजनिक स्थल र बटुवाहरुका लागी ठाँउ ठाँउमा आगो बाल्न विभिन्न पालिकहरुले दाउरा वितरण गरेका छन ।






