सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

   १६ मंसिर २०७७, मंगलवार १३:३७  

१६ मंसिर, रौतहट । नेपाली बजारमा निरन्तर घटेको सुनको भाउ मंगलबार प्रतितोलामा ५ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, आजको लागि तेजावी सुनको मूल्य तोलामा ८९ हजार ५० रपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तोलामा १ हजार १ सय २० रपैयाँमा कारोबार भएको चाँदीको मूल्य ३५ रुपैयाँ बढेर प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ कायम भएको महासंघले बजनाए ।