हावाबाट पनि फैलिनसक्छ, कोरोना भाईरस

   २२ असार २०७७, सोमबार ०६:२७  

असार २२, रौतहट । विश्वका दुई सयभन्दा बढी वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई कसरी कोरोना भाइरस फैलिन्छ भन्नेबारे आधिकारिक पुनरावलोकनको लागि आग्रह गरेका छन् । डब्ल्यूएचओले अहिले कोरोना भाइरस सर्न सक्ने एक महत्वपूर्ण जोखिमको बेवास्ता गर्दै आएको उनीहरुले आरोप लगाउँदै आएका छन् ।

अहिलेसम्म कोरोना भाइरस सर्न सक्ने दुई तरिकालाई मात्र नियन्त्रणको विषयमा प्रयास हुँदै आएको छ । तत्काल कुनै संक्रमितबाट कोरोना भाइरस सर्न सक्ने जोखिम र दोस्रो, संक्रमण फैलाउन सक्ने सतहमा छोएर आफ्नो नाक, आँखा वा मुखमा छुँदा सर्ने जोखिम । तर विशेषज्ञहरुले भने तेस्रो तरिकाबाट पनि कोरोना भाइरस फैलिनसक्ने खतरा रहेको बता

उँदै आएका छन् । अध्ययनले संक्रमितको मुखबाट निस्किएको ड्रपलेट (सूक्ष्म थोपा) को सबैभन्दा सूक्ष्म रुप (एरोसोल्स) लामो समयसम्म हावामा रहन सक्ने देखाएको छ । एरोसोल्स निकै सानो ड्रपलेट (पाँच माइक्रोनभन्दा सानो) हावामा छिटै बाफको रुपमा उडेर हराउन सक्छ । जसको कारण अन्य ड्रपलेटको तुलनामा लामो दुरीसम्म पुग्न सक्छ ।

शोधकर्ताहरुले यस विषयमा डब्ल्यूएचओले अहिलेसम्म आवश्यक अध्ययन नै नगरेको आरोप लगाएका छन्
जसको कारण बन्द कोठाभित्र राम्रोसँग हावा आवतजावत हुन नसक्ने स्थानमा बस्ने मानिसहरु निकै जोखिममा हुन्छन् । त्यसैले हावा राम्रोसँग आवतजावत नहुने घरहरु, बस, कोठाहरु र अन्य यस्ता स्थानहरु झन् धेरै जोखिमपूर्ण हुन्छन् । जहाँ एक दशमलव ८ मिटरको भौतिक दुरी कायम राख्नुले पनि काम नगर्न सक्छ ।

यस विषयमा भने डब्ल्यूएचओले चेतावनी नदिएको र मानिसहरुलाई सचेत बनाउन नसकेको भन्दै ३२ मुलुकका २३९ शोधकर्ताहरुले हस्ताक्षर गरेर एक पत्र बुझाएका छन् ।
यसरी एरोसोल्सबाट बन्द कोठाभित्रको हावामा नै रहेको कारण संक्रमितसँगको भौतिक दुरी कायम राख्दा पनि संक्रमित बनेको धेरै उदाहरण पाइएको विशेषज्ञहरुले बताउँदै आएका छन् ।

रेष्टुरेन्टमा डिनर गर्ने क्रममा पनि चीनमा धेरै मानिसहरु संक्रमित भएको उदाहरण पनि पाइन्छ । त्यस्तै अमेरिकामा मार्च १० मा भएको एक रिहर्सलमा अंकमाल गर्ने, हात मिलाउने, स्यानिटाइजरको प्रयोग गर्नेजस्ता मापदण्ड पुर्याउँदा पनि आठ जना बिरामी परेका थिए भने दुई जनाको मृत्युसमेत भएको थियो ।

यस विषयमा डब्ल्यूएचओले एरोसोल्सको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने भए पनि यस किसिमको संक्रमण इन्टुबेशनलगायतका उपचारको प्रक्रियाको क्रममा मात्र हुन सक्ने बताएको छ ।
डब्ल्यूएचओका संक्रामक रोग विशेषज्ञ बेनेदत्त एलेग्रान्जीले अहिले शोधकर्ताहरुले अघि सारको बहसको सम्मान गर्ने र उनीहरुलाई बहसको मौका दिइने बताएका छन् ।

शोधकर्ताहरुले भने यस विषयमा डब्ल्यूएचओले अहिलेसम्म आवश्यक अध्ययन नै नगरेको आरोप लगाएका छन् । उनीहरुले यस किसिमको संक्रमणबाट धेरै मानिस संक्रमित हुने र व्यापक मात्रामा कोरोना भाइरस फैलिनसक्ने बताएका छन् । कोरोना भाइरस फैलिनुको यो पनि महत्वपूर्ण कारण रहेको उनीहरुको भनाइ छ ।
केहीले यो संक्रमण रोक्न मास्कको प्रयोग गर्नु उचित हुने बताएका छन् भने केहीले कोठामा राम्रोसँग हावा आवतजावत गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।