आज पनि तोलामा ७ सयले घट्यो
द नेपाल मिडिया
१५ मंसिर २०७७, सोमबार ११:२२
१५ मंसिर, रौतहट । नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।
नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ तोकिएको छ, भने तेजावी सुनको मूल्य ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य १ हजार १ सय २० रुपैयाँमा तोकिएको महासंघले बताए ।