मोटरसाइकल दुर्घटना हुँदा नेकपाका एक नेताको मृत्यु
१५ मंसिर, रौतहट । नुवाकोटको तारकेश्वर गाउँपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ ।
गएराति तारेकश्वर गाउँपालिका १ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोला भन्ने ठाउँमा भिरबाट बा२७ प ८६५८ मोटरसाइकल खस्दा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।
धादिङका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी अढाई किलोमिटर तल खसेका थिए ।
दुर्घटनापश्चात्त मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए ।
पार्टी एकतापश्चात उनी नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए ।