थप २९४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो
द नेपाल मिडिया
२१ असार २०७७, आईतवार ११:१३
असार २१, रौतहट । बितेको २४ घण्टामा नेपालमा थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जगेश्वर गौतमले आइतबार नियमित प्रेस व्रिफिङमा नयाँ संक्रमितबारे जानकारी गराएका हुन् ।
नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन् । विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर घर फर्किसकेका छन् । देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ ।