बिहीबार सुनचाँदीको मूल्य स्थिर

   ११ मंसिर २०७७, बिहीबार ११:२४  

११ मंसिर, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंलेका अनुसार बुधबार प्रतितोलामा ९१ हजार ५सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार पनि ९१ हजार ५ सय रुपैयाँ नै रहेको हो ।

त्यस्तै, बुधबार तोलामा ९१ हजार रुपैयाँ तोकिएको भाउमा नै तेजावी सुनको आज कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी पनि मूल्य स्थिर नै रहेको छ । हिजो महासंघले तोकिएको मूल्य१ हजार १ सय ७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ ।