कोरोना संक्रमणबाट पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको निधन
११ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।
उनको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा विहान ४ बजेको करिबमा निधन भएको अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलले जनाकारी दिइन् ।
शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको सरकारको पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । अर्थ मन्त्रालयको शाखा अधिकृतबाट सरकारी जागिर शुरु गरेका शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातोकत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका थिए ।
राष्ट्रिय योजना आयोगको कर्मचारीका रुपमा काम गरेका उनी सेवानिवृत्त भएपछि खिलराज रेग्मीको मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्ष बनाएको थियो ।
ललितपुर कुपण्डोल निवासी ७६ वर्षे शाक्यको श्रीमती र तीन छोरा तथा एक छोरी छन् ।






