बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो
१० मंसिर, रौतहट । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा १ हजार रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँ घटेर कारोबार भएको छापावाल सुनको भाउ १ हजार रुपैयाँ घटेर आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको हो ।
मंगलबार सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार घटबढ भएन । आइतबार र सोमबार सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।
यस्तै बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






