नेपाल चीनका रसुवागढी नाका सोमबारदेखि पुन सञ्चालनमा आउने

   २१ असार २०७७, आईतवार ०८:४२  

असार २१, रौतहट । कोरोना भाईरसको माहामारीका कारण ६ महिनादेखि बन्द नेपाल र चीन रसुवागढी नाका सोमबारदेखि पुन सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताएका हुन् ।

नेपाल र चीनको नाका पुस १४ बाट हिमपात र पहिरोका कारण बन्द गरिएको थियो । त्यसपछि कोरोना भाईरसको महामारीका कारण लकडाउन भएपछि, फेरी असार २२ गते सोमबारदेखी पुन संञ्चालनमा आउने भएको छ ।
नेपाली समयअनुसार बिहान ८ बजेदेखि रसुवागढी नाका सञ्चालनमा ल्याउने सम्झौता भएको छ,’ भन्सार प्रमुख पुण्यबिक्रम खड्काले भने, सोमबार पहिलो चरणमा केही अघिदेखी नाकाको चीनतर्फ रोकिएका रेडिमेट गार्मेन्ट र स्याउहरु नेपाल भित्रिने उनले बताएका हुन् ।

नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ ।
नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरु नै परिचालित हुने र त्यसकालागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाएको पनि भन्सार कार्यालयले जनाएको छ ।

चीनतर्फ पठाइएका सबैको कोरोना परिक्षण गरिएको र उनीहरुको पिसीआर नतिजा नेगेटिभ छ । चीन गएकाहरु चीनीयाँको सम्पर्कमा नरहने र होटल क्वरीन्टीनमा बसेर काम गर्ने सहमती भएको छ ।
मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याईने भन्सार कार्यालयले जनाएको छ । व्यवसायीहरु तीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानकालागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए ।