सुनको मूल्य एकैदिन तोलामा १८ सयले घट्यो, चाँदीको कति
९ मंसिर, रौतहट । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन प्रतितोलामै १ हजार ८ सय रुपैयाँले घटेको छ ।
सोमबारको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
अघिल्लो दिन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ५ सय रुपैयाँमा झरेर कारोबार भइरहेको छ।
यस्तै, तोजावी सुनको कारोबार पनि सोमबार ९३ हजार ८ सय रुपैयाँमा भएको थियो । आज तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा आपुगेको महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउमा पनि गिरावट आएको छ । सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ मंगलबार ३० रुपैयाँ घटेर प्रतिेतोला ११ सय ८० रुपैयाँ तोकिएको छ ।