एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अतिम दिन
द नेपाल मिडिया
९ मंसिर २०७७, मंगलवार १२:४८
९ मंसिर, रौतहट । एनआईसी एशिया बैंक ( NICA) को लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।
बैंकले मंसिर २१ गते डाकेको २३ औं वार्षिक साधारण सभाका लागि मंसिर १० गते बुधबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बैंकको २० प्रतिशत लाभांश पाउन मंगलबारसम्म शेयरधनी भैसक्नुपर्नेछ ।
मंसिर ८ गते सोमबार बैंकको प्रतिकित्ता ६८७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।
एनआईसी एशिया बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले;
एनआईसी एशिया बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस कति;