सोमबारबाट सुरु हुने बजेटमा छलफल

   २१ असार २०७७, आईतवार ०७:०७  

असार २१, रौतहट । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले नाराबाजी गरेका छन् । बिरोधकै बीच सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउनेबित्तिकै नाराबाजी भएको हो ।
प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे पनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षी दलको अवरोधका कारण पारित हुन सकेको थिएन ।
आइतबार सभामुख थापाले सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेस गर्न समय दिएका थिए, तर छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गर्दै सभामुख थापाले संसद बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् । सोमबारबाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयलका सचिव राम सिंह धामीले बताएका हुन् ।