आज सुनको मूल्य स्थिर
द नेपाल मिडिया
८ मंसिर २०७७, सोमबार ११:१९
८ मंसिर, रौतहट । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि आइतबार तोकिएको भाउ प्रतितोलामा ९४ हजार ३ सय रुपैयाँमा नै आज पनि छापावाल सुनको कारोबार भइरहेको हो ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रहेको महासंघले जनाएको छ ।