सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   ४ मंसिर २०७७, बिहीबार १०:४१  

४ मंसिर, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा समान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारको लागि प्रतितोला ९४ हजार ४ सय रुपैयाँ तोकिएको हो ।

यस्तै, तेजाबी सुनको भाउ पनि प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महास.घले जनाएको छ ।

त्यसैगरी, अघिल्लो दिन तोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोलामा १ हजार २ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।