उद्धारमा खटिएको सेनाको गाडी दुर्घटना

   २० असार २०७७, शनिबार ०९:३०  

असार २०, रौतहट । केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाहरुको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ । केदारस्युँ गाउँपालिकाको वडा नम्बर चार बाग्थलामा नजिकै सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानएका छन् । दुर्घटनामा तीन जना घाइते भएको छन् । गाडीमा १५ जना सवार थिए ।
विरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन् । वडा अध्यक्ष गणेशबहादुर बोहोराकाअनुसार ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षका छोरा प्रयाग, ८० वर्षीय दले जेठारा र १३ वर्षीय सन्तु जेठाराको शव भेटिएको छ ।
राममतीकी १६ वर्षीया छोरी अस्मितासँगै १५ वर्षीया शान्ति र २२ वर्षीय गिरी जेठारा अझै पेवत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिएका हुन् । शुक्रबार राति वर्षासँगै गाउँमा आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको जिल्ला प्रहरी कार्यालय बझाङले जानएको छ।