कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध

   २० असार २०७७, शनिबार ०९:१६  

असार २०, रौतहट । कोरोना भाइरस (कोभिड १९)का माहामारी बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले बिरोध गरेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका ७ का ४४ बर्षीय पुरुषको गोरखा नगरपालिका १२ र शहिद लखन गाउँपालिका १ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो । तर स्थानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै विरोध गरेका छन् । स्थानीयसँग पनि आवश्यक छलफल र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । साथै गोरखा अस्पतालमा रहेको शव एम्वलेन्स मार्फत लाने तयारी भइरहेको छ ।
असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।