स्रोत नखुलेको नगदसहित गौरबाट दुई जना पक्राउ

   १८ पुष २०७९, सोमबार १७:०९  

१८ पुस, रौतहट । स्रोत नखुलेको नगदसहित रौतहटको गौरबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मोतीहारी गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजात कुमार मालाकार र सोही स्थानका २२ वर्षीय संजिव कुमार तिवारी रहेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको भारतीय रुपैयाँसहित जिल्लाको गौर नगरपालिका वडा नम्बर १ बाट हिरासतमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा ४ लाख ४९ हजार ५ सय भारतीय रुपैयाँसहित आज बिहान दुवै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट बरामद भएको भारतीय रुपैयाँको स्रोत नखुलेको कारण नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनी दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।